Rules And Regulation

हाम्रा ग्राहकवर्गले पालना गर्नुपर्ने नियमहरु ( नेपालीमा )

  1.  Website बनाउने सहमति भएपछी तिर्नुपर्ने पुरा मूल्यको कमसेकम ५०% रकम भुक्तानी भएपछी हाम्रो ग्राहकवर्गले रोजेको डोमेन दर्ता गरेर २४ घण्टा भित्र वेवसाइटलाई अन्डर कन्स्ट्रक्सनमा राखिनेछ ।
  2. यदि डोमेन अन्य कुनै कम्पनीमा भए हाम्रो कम्पनीमा डोमेन ट्रान्सफर गर्नुपर्दा डोमेन अथर कोड ग्राहकले हामीलाई उपलब्ध गराइदिनुपर्ने हुन्छ ।
  3. यदि डोमेन हाम्रोमा ट्रान्सफर नगर्ने हो भने हामीले दिएको DNS Record अपडेट भएपछी मात्र वेबसाईटलाई हाम्रो होस्टिंगमा अन्डर कन्स्ट्रक्सनमा राखिनेछ ।
  4. यदि हाम्रो कम्पनि मार्फत डोमेन दर्ता भएको छ र ग्राहकले डोमेन अर्को कुनै कम्पनीमा ट्रान्सफर गर्न चाहन्छ भने ग्राहकलाई हामीले अथर कोड दिन्छौं र अन्य कम्पनीले रजिष्टर गरेपछी हामीले आएको लिंक कन्फर्म गरिदिने छौं ।
  5. Websoft IT Nepal Pvt. Ltd. बाट डोमेन ट्रान्सफर गर्दा कुनै शुल्क भने लाग्दैन तर अन्य कम्पनिमा रहेको डोमेन Websoft IT Nepal Pvt. Ltd. मा ट्रान्सफर गर्दा शुल्क लाग्छ र सो डोमेन को जहिले एक्सपायर मिति हुन्छ त्यो मिति देखि एक वर्षको एक्सपायरी मिति थपिन्छ ।
  6. Websoft IT Nepal Pvt. Ltd. बाट बनाएको कुनैपनि वेबसाईटको कस्टम डिजाईन कपिराईट्स तथा सोर्सकोड सेक्यूरिटीको लागि मात्र Websoft IT Nepal Pvt. Ltd. कै होस्टिंगमा रहने छ । तर यदि ग्राहकले हाम्रो होस्टिंगबाट अन्य कुनै होस्टिंगमा वेबसाईट सार्न (ट्रान्सफर) चाहेमा वेबसाईटमा भएको सबै कन्टेन्ट (फोटो,भिडियो,PDF,.. अन्य) र डाटाहरु (SQL DATA) भने पाउने छन् । तर वेबसाइटको कस्टम डिजाइन र डेब्लोपमेनट गरेको सोर्सकोडहरु पाउने छैन ।
  7. यहि ग्राहकको वेबसाइट अन्य कुनै कम्पनि वा ब्यत्ति बाट बनाएर हाम्रो होस्टिंगमा राखेको छ भने ग्राहकको मन्जुरी अनुसार सम्पूर्ण कस्टम डिजाईन तथा कन्टेन्ट (फोटो,भिडियो,PDF,.. अन्य) र डाटाहरु (SQL DATA) अन्य होस्टिंगमा सार्न सकिने छ जसमा कुनै किसिमको सवाल हुने छैन ।
  8. यदि ग्राहकले फ्री (Free) Template free theme free plugins etc सबै फ्री कोडिंग भएको वेबसाइट हामीबाट वा कुनै कम्पनि बाट बनाएको छ भने अरु होस्टिंग कम्पनिमा सार्न सकिन्छ ।
  9. यदि ग्राहकले रिन्यु मिति भन्दा अगाडिनै हामीसंग भएको अन्य होस्टिंग प्लान परिवर्तन गर्न चाहेमा नयाँ होस्टिंगको सम्पूर्ण मूल्य तिर्नुपर्ने हुन्छ ।
  10. हामीबाट बनाएको ग्राहकको लागि वेबसाइटमा गर्नुपर्ने अपडेट कन्टेन्ट परिवर्तन गर्न भनेर लगिन पयानेल वा कन्ट्रोल पयानल दिने छौ जुन हाम्रो आफ्ने डिजाईन र कन्सेप्टमा आधारित हुने छ जसलाई ग्राहकले परिवर्तन गर्न वा गराउन पाउने छैन । लगिन पयानेल वा कन्ट्रोल पयानल को ठेगाना ( URL ) सेकुरिटीको नजरले परिवर्तन हुन् सक्छ ।
  11. Websoft IT Nepal Pvt. Ltd. बाट बनाएको वेबसाइटको कस्टम डिजाईन र देबलबमेन्ट जस्ता अन्य कार्यहरुको सोर्सकोड राखने ठाउँ जस्तै VPS Servers, Cpanel, Zpanel, FTP, etc… का Login Details ग्राहकलाई दिने छैन । तर यदि वेबसाइट वा एप्पसहरु अन्य कम्पनिबाट निर्माण गरेको छ भने त्यो कन्डिसनमा हामी ग्राहकलाई Logins Details ग्राहककै पपेर निबेदन पछी दिने छौं ।
  12. वेबसाइटको कतै फूटर तिर डिजाईन र डेवलबबाय मा हाम्रो कम्पनीको आधिकारी नाम र लिंक अनिबार्य रुपमा राखने छौ जसमा ग्राहकले कुनै आपति प्रस्तुत गर्न पाउने छैन ।
  13. वेबसाइटको सम्पूर्ण डिजाईन र देवलपमेन्टका कार्यहरु हाम्रो कम्पनीको आधिकारिक वेबसाइटहरुमै हुनेछ पछि सम्पूर्ण काम सकेपछी ग्राहकको कन्फरमेसन र बाँकि भुक्तानी पछी मात्र ग्राहकको डोमेनमा Connect गरिने छ ।
  14. लन्च भैसकेका ग्राहकको वेबसाइटमा पछाडी केही सामान्य परिवर्तन वा पूर्ण परिवर्तन गर्न चाहेमा त्यसको अतिरिक्त (Extra) शुल्क लाग्ने छ ।
  15. ग्राहकले हामीबाट लिएको कुनै पनि सेवाको लागि भुक्तानी पठाउदा पहिले हामी संग भुक्तानीको मध्यमहरु कन्फर्म गरि मात्र पठाउनु होला | हाम्रो भुक्तानी माध्यमहरु बैंक, चेक, नगत, अनलाईनहरु जस्तै ईसेवा खल्ती IME etc छन् त्यसैले पहिले कन्फर्म गर्नुहोला |
  16. माथिको सम्पूर्ण नियमप्रति ग्राहकले कुनै असहमति जनाउन पाउने छैन |
  17. कम्पनि सम्बन्धि सम्पूर्ण नियमहरु समय समय मा थपिदै जाने छ जुन हरेक ग्राहकवर्गको लागि समान तथा अनिवार्य रुपमा लागु हुने छ ।

Did you find this article useful?